कान्तिपुरलाई हराउँदै पञ्चकन्या फाइनलमा

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १३:३६ मा प्रकाशित

धनगढी, ९ जेठ –  धनगढीमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा फाईनलमा पन्ञ्चकन्या तेज समूह फाइनल प्रवेश गरेको छ ।
nplधनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको दोश्रो सेमीफाईनलमा पञ्चकन्याले कान्तिपुर गोर्खाजलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कान्तिपुरले ४० ओभर तीन बलमा सबै बिकेट गुमाएर १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कान्तिपुरका लागि कप्तान वसन्त रेग्मीले २३, सुवास खकुरेलले १६, आकाश विष्टले २२ र आकाश गुप्ताले १२ रनबाहेक अन्य ब्याट्सम्यानले  दोहोर अंक जोड्न सकेनन् ।

बलिंडतर्फ पञ्चकन्याका राजकुमार प्रधानले ३, भुवन कार्की र करन केसीले समान २ आरपी तथा शरद भेषवार र सुसील कँडेलले १/१ विकेट लिए ।

पञ्चकन्याका लागि भुवन कार्कीले नट आउट ३५ रन जोडे । उनी म्यान अफ दी म्याचसमेत घोषित भए । कप्तान शरद भेषवाकरले १३ रन बनाए । बलिङतर्फ वसन्त रेग्ग्मीले ३ र ललितसिंह भण्डारीले २ विकेट हात पारे ।

यसैबीच शक्ति गौचनले नेतृत्व गरेको जगदम्बा जायन्टस् र पञ्चकन्या तेजबीच शनिबार फाइनलमा भिडन्त हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us