विश्वकप अवधिभर खेलाडीले सेक्स गर्न नपाउने !

काठमाण्डु टुडे २०७१ जेठ ९ गते २:३० मा प्रकाशित

worl cupअन्तर्राष्ट्रिय खेल विश्लेषकहरुले खेलकूद र सेक्सबारे फरक फरक धारणा राखेका छन् । कतिपय सेक्सले खेलकूदमा नकारात्मक असर गर्ने बताउँछन् ।

सेक्सले खेलाडीको प्रर्दशनमा सुधार ल्याउन मद्दत गर्ने तर्क गर्नेहरु पनि भेटिन्छन् । अक्सर बृहत् अन्तर्राष्ट्रिय खेलकूल प्रतियोगिता आयोजना हुनुअघि सेक्स र खेलाडीबीच विवाद हुने गर्छ । विश्वकपअघि नै सहभागीमध्ये कतिपय टोलीले खेलाडीलाई सेक्समा प्रतिवन्ध लगाउने गर्छन् ।

उनीहरुको तर्क हुन्छ, सेक्सले खेलाडीको प्रर्दशनमा नकारात्मक असर गर्छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार विश्वकपमा सहभागी केही टोलीले प्रतियोगिता अवधिभर आफ्ना खेलाडीलाई सेक्समा प्रतिबन्ध लगाएका छन् ।

मेक्सिकोले विश्वकप प्रतियोगितामा खेलाडीको ध्यान अन्यत्र नपठाउन खmेलाडीलाई सेक्स गर्न प्रतिवन्ध लगाएको छ । विश्वकपमा पहिलो पटक सहभागिता जनाएको बोस्निया हर्जगोभिनाले पनि मेक्सिकोकै अनुशरण गरेको छ ।

आयोजक ब्राजिलले पनि खेलाडीलाई सामान्य सेक्सलाई मात्रै अनुमति दिएको छ । ब्राजिलले खेलाडीलाई एक्रोव्याटिकस सेक्समा प्रतिवन्ध गरेको छ । अफ्रिकन राष्ट्र नाइजेरियामा पनि विश्वकपको दौरान खेलाडीलाई सेक्समा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us