आइपिएलमा कोलकत्ता नाइट राइडर र रोयल च्यालेन्जर्स बैग्लोंर भिड्दै

काठमाण्डु टुडे २०७१ जेठ ८ गते ५:१९ मा प्रकाशित

ipl_14 काठमाण्डु, ८ जेठ – लण्डी सिमन्सको अवीजीत सतकीय पारीको मदतले इण्डियन प्रिमियर लिग आइपिएलमा बुधवार मुम्वई इण्डियनले शीर्ष स्थानको किङ्स इलाभेन पञ्जाबलाई हराएको छ ।

टस हारेपछि पहिले व्याटिङ्को जिम्मा पाएको पञ्जाबले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रनको योगफल बनाएको थियो ।

जवाफमा सिमन्सले सतक जोडेपछि मुम्वईले ३ विकेटको क्षतिमा लक्ष्य चुम्यो । सिमन्सले ६१ बलमा १४ चौका २ छक्काको मदतले पहिलो सतक पुरा गरे । पञ्जाबका लागि अष्ट्रेलियाली कप्तान जर्ज वेलीले ३९ रन बनाउनुबाहेक अन्य खेलाडीले सामान्य प्रर्दशन गरे ।

जित हात पारे पनि मुम्वईको प्लेअफमा पुग्ने संभावना अझै झिनो छ । मुम्बईलाई अवको दूई खेल जितेर मात्र पुग्दैन शीर्ष चारमा रहेको टिमहरुको लगातार हार पनि आवश्यक हुन्छ । पन्जाब भने यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

प्रतियोगिताको पहिलो खेलमा आज कोलकत्ता नाइट राइडर र रोयल च्यालेन्जर्स बैग्लोंर भिड्दैछन भने दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किङको समाना गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us