आइपीएलमा पञ्जावबाट दिल्ली पराजित

काठमाण्डु टुडे २०७१ जेठ ६ गते १:४६ मा प्रकाशित

काठमाण्डु, ६ जेठ – ईन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटअन्तर्गत गएराति भएको खेलमा किंग्स ईलेभेन पञ्जावबाट दिल्ली डेयर डेभिल्स ४ विकेटले पराजित भएको छ ।
जितसँगै शीर्षको पञ्जावको १८ अंक छ । ४ अंकसहित प्रतियोगिताको पुछारमा छ । फिरोज शाह कोट्ला मैदान दिल्लीमा भएको खेलमा १ सय ६५ रनको लक्ष्य पञ्जावले २ बल बाँकी छँदा भेट्टायो ।
पञ्जाबको जीतमा मनन बोहरा र अक्षर पटेलले समान ४२ रन जोडे । दिल्लीका ईमरान ताहिरले ३ र जेपी डुमिनीले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली पुरै २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रनमा समेटियो । दिल्लीका लागि दिनेश कार्तिकले सर्वाधिक ६९ रन बनाए । पञ्जावका सन्दीप शर्मा र ब्युरन हेनरिकले समान ३ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us