
भक्तपुर, ४ जेठ– कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजलाई जिल्ला अदालत लगिएको छ ।
क्यानेडेली नागरिकको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेपिरहेका चाल्र्स शोभराजको मुद्दाको पेशी पुन: आगामी जेठ १२ गते सोमबारका लागि तोकिएको छ ।
सोही मुद्दामा बहसका लागि आइतबार भक्तपुर अदालत ल्याइएका चाल्र्स शोभराजले आफूविरुद्धको मिसिलको नक्कल माग गरेपछि सो मिसिल उपलब्ध गराउने गरी आगामी जेठ १२ गतेका लागि पेशी तोकिएको भक्तपुर जिल्ला अदालतले जनाएको छ । विसं २०३२ साल पुस ६ गते क्यानेडेली नागरिक लोरेन्ट क्यारियरको हत्या गरी शवलाई टुक्रा पारेर भक्तपुरको मनोहरा खोलामा फ्यााकिएको अवस्थामा भेटाइएको थियो । त्यसैगरी लोरेन्सको शवको केही भाग भक्तपुरको नंखेल गाविस पलाासेमा २०३२ साल पुस ६ गते फेला परेको थियो ।
शोभराजविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले सन् १९७५ डिसेम्बरमा मुद्दा दायर गर्नुभएको थियो ।
काठमाण्डुमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोगको सुनुवाइ क्रममा लोरेन्ट हत्यामा समेत चाल्र्सको संलग्नता रहेको तथ्यहरु अदालतमा पेश भएपछि शोभराजविरुद्ध भक्तपुर जिल्ला अदालतबाट मुद्दा चलाइएको हो ।
सर्वाेच्चको कर्तव्य ज्यान तथा जाली राहदानी मुद्दाको फैसलामा उनले कैद भुक्तान गरिरहेका छन् । हाल उनलाई लोरेन्टको हत्यामा संलग्न रहेको आधारमा भक्तपुर जिल्ला अदालतमा बयानका लागि बोलाइएको हो ।
विसं २०६० मा उनी काठमाण्डुबाट पक्राउ परेपछि भक्तपुर प्रहरीले २०६२ वैशाख २३ मा मिसिलको नक्कल लगे पनि प्रहरी र जिल्ला सरकारी वलिकको कार्यालय सक्रिय नहुँदा अदालतमा रहेको चाल्र्सको बहसमा ढिलाइ भएको बताइएको छ ।
कडा सुरक्षाबीच अदालत पुर्याइएका शोभराजलाई करिब चार घण्टा अदालतमा राखी पाँच बजे अदालतबाट फर्काइएको थियो । रासस