
काठमाण्डु ,४ जेठ– एनपीएल क्रिकेटमा कलर्स एक्स फ्याक्टरले पहिलो जित हात पारेको छ । सुरुवातका दुई खेल गुमाएको कलर्सले आइतबार सगरमाथा लेजेन्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।
सगरमाथाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य कलर्सले २७।३ ओभरमा ६ विकेटको क्षतिमा भेटटायो । उसको जितमा ज्ञानेन्द्र मल्लले कप्तानी पारी खेले भने हरिशंकर साहले अलराउण्ड प्रदर्शन गरे ।
कप्तान मल्लले ३४ बलमा दुई चौका र तीन छक्काको मदतमा सर्वधिक ३६ रन बनाए । हरिशंकर साहले अविजित ३३ रन जोडे । सगरमाथाका निश्चिल पाण्डेदे ४ विकेट लिए भने राहुल विकले एक विकेट हात पारे ।
यसअघि धनगढीमा टस जितेर पहिले व्याटिङ गरेको सगरमाथाले ३८।३ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो । उसका लागि राहुल विकले सर्वाधिक २२ रन बनँए भने सुनिल धमला १९ र परेश लोहनीले १८ रन जोडे । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
सगरमाथालाई सस्तैमा समेट्ने क्रममा संजम रेग्मीले तीन विकेट लिए भने राज मोहम्मद, कुमार थापा र हरिशंकर साहले समान २(२ विकेट लिए । हरिशंकर म्यान अफ दि म्याच घोषित भए ।