युवराज लामाद्वारा सर्वोच्च अदालतमा रिट दायर

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १०:४० मा प्रकाशित

काठमाण्डु, ४ जेठ – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

yuvraj lamaसदस्य सचिव लामाले आइतबार रिट दायर गरेका हुन् । मन्त्रीको एकल र गैरकानुनी निर्णयको विरुद आफू अदालत गएको सदस्य सचिव लामाले काठमाण्डु टुडेलाई बताए ।

आफ्नो कार्यकाल अझै एक बर्ष बाँकी रहेको र आफूलाई मन्त्रीपरिषद्ले नियुक्त गरेकाले मन्त्रीले बर्खास्त गर्न नसक्ने पनि उनले जिकिर गरे । मन्त्रीको निर्णय कार्यान्वयन नगर्न उनले आग्रह गरेका छन् ।

पौडेलले शुक्रबार लामालाई बर्खास्त गर्दै मन्त्रालयका सह-सचिव चूडामणि पौडेलले सदस्य सचिव नियुक्त गरेका छन् । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us