सालको काठसहित ट्रक बरामद

काठमाण्डु टुडे २०७१ जेठ ४ गते ५:३५ मा प्रकाशित

रौतहट, ४ जेठ – जिल्ला वन कार्यालय रौतहटको वन गस्ती टोलीले वनभित्र काठ चिरान गरी ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा काठसहित एक ट्रक बरामद गरेको छ ।

आइतबार बिहान सिम्रा भवानीपुरबाट करिब १५० क्युफिट सालको चिरान काठसहित ट्रक बरामद गरेको वन कार्यालयका सहायक वन अधिकृत विन्देश्वर राय यादवले जानकारी दिए ।

इलाका वन कार्यालय धन्सारको वनबाट काठ लोड गरेको ट्रक आउँदै गरेको सूचनाका आधारमा गएको गस्ती टोलीले भवानीपुरमा काठ र ट्रक बरामद गरेको सहायक वन अधिकृत यादवले बताए ।

ट्रकको पिछा गर्ने क्रममा वन गस्ती टोलीले २० राउन्ड गोली फायर गरेको जनाएको छ ।

ट्रक चालक फरार रहेकाले काठ तस्कर र ट्रक चालकको खोजी भइरहेको र बरामद गरेको काठको अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

काठ तस्करहरूले ३० वटाभन्दा बढी काँचो सालको चिरान काठ ना२ख ५४६१ नम्बरको ट्रकमा लोड गरेर लैजाँदै गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us