ला लीगाको उपाधि एथलेटिको म्याड्रिडलाई, बार्साका प्रशिक्षकको राजिनामा

काठमाण्डु टुडे २०७१ जेठ ४ गते १:५३ मा प्रकाशित

1adc26f3aa9696f501f3eb998b7a7b81काठमाण्डु, ४ जेठ –स्पेनिश ला लीगा फुटबलको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । अन्तिम खेलमा शनिवार राति गत सालको विजेता बार्सिलोनालाई एक–एकको बराबरीमा रोक्दै एथलेटिको म्याड्रिडले १८ वर्षपछि उपाधि जितेको हो ।
एक शून्यले पछि परेको अवस्था उल्टाउँदै एथलेटिको म्याड्रिडले बराबरी गरी ३८ खेलमा ९० अंक बटुल्यो । बार्सा ८७ अंक सहित दोस्रो स्थानमा रह्यो ।
ला लीगामा एथलेटिकोको यो १० औं उपाधि हो । अन्तिम खेलमा स्पाईनोललाई तीन एकले हराउँदै रियल म्याड्रिड ला लीगाको तेस्रो स्थानमा रह्यो ।
यसैबीच उपाधि जोगाउन नसकेपछि बार्साका प्रशिक्षक जेर्राडो मार्टिनोले राजिनामा दिएका छन् ।

उपाधि जित्न बार्साका लागि अन्तिम खेल जित्नै पर्ने थियो । बार्साले यो सिजन कुनैपनि उपाधि जित्न सकेन् । मार्टिनो गत वर्ष दुई वर्षका लागि बार्सा गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us