
काठमाण्डु, ३ जेठ – एनपीएल क्रिकेटमा तेज पञ्चकन्याले विशाल वारियर्सलाई पराजित गरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा तेजले विशाल वारियर्सलाई १३३ रनले पराजित गरी लगातार दोस्रो जित हात पारेको छ ।
धनगढीमा टस जितेर पहिले व्याटिङ गरेको तेजले ५० ओभरमा सबै विकेट गुमाएर २०८ रन बनायो । उसका लागि पुष्प थापाले ३५ रन बनाए भने भुवन कार्कीले २९ रनको योगदान दिए । विशाल वारियर्सका रामनरेश गिरी, दिपेश खत्री र सुसन भारीले समान २(२ विकेट लिए ।
२०९ रनको विजयी लक्ष्य पछ्याएको विशाल वारियर्स २२।४ ओभरमा ७५ रन जोड्दा अलआउट भयो । उसका लागि मंजित श्रेष्ठले १२ रन जोड्नु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
उसलाई सस्तैमा समेटने क्रममा दिपेन्द्र ऐरीले ३४ रन दिएर चार विकेट लिए भने विनोद दासले १७ रन दिएर ३ विकेट हात पारे । राजकुमार प्रधानले तीन ओभरमा २ मेडन राख्दै २ रन दिएर २ विकेट लिए । करन केसीले तीन ओभरमा २ मेडन राख्दै ८ रन दिएर १ विकेट लिए । दिपेन्द्र ऐरी म्यान अफ दि म्याच घोषित भए ।