राज्य व्यवस्था समितिलाई मन्त्री पण्डितको जवाफ

काठमाण्डु टुडे २०७१ वैशाख २८ गते ३:४२ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख –व्यवस्थापिका संसद्को राज्य व्यवस्था समिति बैठक सुरु भएको छ । समितिको कार्यालय सिंहदरबारमा सुरु बैठकमा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितलाई बोलाइएको छ ।

नेपालको निजामति कर्मचारीले विदेशमा पि आर र ग्रिनकार्ड लिएको भन्दै कारवाही प्रक्रिया अघि बढाएका मन्त्री पण्डितसँग समितिमा छलफल हुन लागेको हो ।

मन्त्री पण्डितसँग यसअघि पनि पीआर र ग्रिन कार्ड लिने कर्मचारीलाई कारवाहीका लागि संशोधन गर्न लागिएको विधेयकका विषयमा समितिले छलफल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us