
काठमाण्डु, २३ वैशाख –इगलिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल क्राइटल प्यालेशसँग बराबरीमा रोकिएको छ ।
बराबरीसँगै उपाधी जित्ने अभियानमा लिभरपुललाईधक्का लागेको छ । उपाधी जित्नका लागि लिभरपुललाई बाकी रहेको एक खेल जितेर मात्र पुग्दैन दोस्रो स्थानमा रहेको सिटीको खराब नतिजामा मात्र लिभरपुलले उपाधि जित्न सक्छ ।
एक खेल खेल्न बाकी लिभरपुलको ८१ अंक छ भने दुई खेल खेल्न बांकी म्यानचेष्टर सिटीको ८० अंक छ ।
१८, ५३ र ५५ औ मिनेटमा गरेको गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल उपाधि होडबाट बाहिरिने अवास्थामा पुग्यो । ७९ औ मिनेटमा पहिलो गोल खाएको लिभरपुलले ८१ औ मिनेटमा दोस्रो गोल खाएको थियो ।
खेल सकिन दुई मिनेट बाँकी रहदा बराबरी गोल खाएपछि लिभरपुल विपक्षीसंग अंक बॉड्न बाध्य भयो । प्रतियोगिताको साविक विजेता म्यानचेष्टर युनाइटेड भने यसअघि नै उपाधि होडबाट बाहिरिसकेको छ ।