एएफसी प्रेसिडेन्ट्स कप फुटबल–मनाङ मस्र्याङ्दी फाइनलमा

काठमाण्डु टुडे २०७१ वैशाख २२ गते १३:०८ मा प्रकाशित

ManangMarshyangdiClubकाठमाण्डु, २२ वैशाख -मङ्गोलियामा जारी एएफसी प्रेसिडेन्ट्स कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लब समूह सी को विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेको छ ।

आयोजक मङ्गोलियाको इर्चिम एफसी क्लबसाँग गोलरहित बराबरीमा खेल्दै गोलअन्तरका आधारमा मनाङ–मस्र्याङ्दी समूह विजेता बन्दै फाइनल चरणमा प्रवेश गरेको हो ।

उक्त प्रतियोगिताको अन्तिम संस्करणको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यस बराबरी खेलसँगै इर्चिम एफसी क्लबसमेत समूह सी को उपविजेता बन्दै फाइनल चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा मनाङ खेलको ८१ औँ मिनेटदेखि १० खेलाडीमा सिमित भएको थियो । मनाङका विदेशी खेलाडी साहिद अजिजले दोहोरो पहेँलो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सिमित भएको हो ।

तीन टोलीले भाग लिएको सो प्रतियोगितामा कम्बोडियाको सेभरिङ एफसी क्लब भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । दुई खेल खेलको सेभरिङ क्लब दुवै खेलमा हार भोगेपछि प्रतियोगिताबाट बाहिरिएको हो ।

सेभरिङ आठपटकको लिग च्याम्पियन इर्चिमसँग १—३ गोलले पराजित भएको थियो भने मनाङसँग ३–६ गोलअन्तरले हार भोगेको थियो ।

उक्त प्रतियोगितामा मनाङको यो दोस्रो सहभागिता हो । यस अघि सन् २००६ मा सहभागी भएको मनाङ छनोट चरणबाट नै बाहिरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us