
काठमाण्डु, २२ वैशाख नेपालले मलेसियामा जारी एसिसी प्रिमियर लिगमा हङहङलाई ७ विकेटले हराएको छ। वर्षाले प्रभावित भएर १२ ओभर छोट्याइएको खेलमा निर्धारित लक्ष्य नेपालले २३ बल बाँकी छँदै पुरा गरेको हो।
नेपालका लागि कप्तान पारस खड्काले नटआउट रहँदै सर्वाधिक ४३ रनको योगदान दिए। यस्तै ओपनर नरेश बुढाऐरले ४१ बनाए। सरद भेसवाकरले अभिजित रहँदै १९ रन जोडे। सुबास खकुरेल १६, ज्ञानेन्द्र मल्ल१५ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।
यसअघि मलेसियाको राजधानी क्वालालाम्पुरस्थित किनरा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरको खेलमा ४१।५ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्र बनाएको थियो। हङकङका लागि इरफान अहमदले सर्वाधिक १०६ रनको सतकीय पारी खेलेका थिए।
यस्तै रोय लामसामले १८ रन बनाएका थिए। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिएका छन्। यस्तै बसन्त रेग्मीले ३ तथा आरिफ शेखले २ विकेट लिए।