
काठमाण्डु, २१ वैशाख – एसिसी प्रिमियर लिग क्रिकेट अन्तर्गत तेश्रो खेलमा नेपाल ओमानसँग २ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य ओमनले १३ वल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेपालले बलिङमा राम्रो गर्दै १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमानलाई आच्छु आच्छु पारेपनि ब्याटिङ सुधार्न नसक्दा हार ब्यहोर्नुपरेको हो ।
पहिला ब्याटिङ गरेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको २६ रननै आज नेपालको सबैभन्दा उच्च स्कोर रह्यो । नरेश बुढाऐरले २३ र सागर पुनले २० रन बनाए ।
सोमपाल कामी १० रनमा नटआउट रहे । शरद भेषावकरले १६ शक्ति गौचनले १५, बिनोद भण्डारीले १०, पारस खड्का र बशन्त रेग्मीले ६÷६ र मेहबुब आलमले ५ रन बनाए भने ओपनर सुवास खकुरेलले आज पनि खाता खोल्न सकेनन् । नेपालका सोमपाल कामी र सागर पुनले एक एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ४५ ओभरमा १ सय ५७ रन बनाएर अल आउट भयो ।