
काठमाण्डु, १९ वैशाख एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात परेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा आज भएको दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियामाथि नेपालले ५ विकेटको जित दर्ता गरेको हो
मलेसियाले दिएको एक सय ५० रनको लक्ष्य ,नेपालले ३७ दशमलब ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि मेहबुब आलामले सर्वाधिक ५३ रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा कप्तान पारस खड्का ११ रन मत्रै जोडे ।
धर्मराएको नेपाली व्याटिङ्ग लाइनलाई मेहबुव आलम र सरद भेषवाकरले समालेका थिए । नरेश वुढाएरले ८ रन जोड्दा यूएइसँग ७१ रन जोडेका सुवास खकुरेलले आज खाता नै खोल्न सकेनन् ।
विनोद भण्डारी तथा सरद भेष्वाकर नटआउट क्रमश १३ र २९ रनको योगदान दिए ।
यसअघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ४९ रन जोडेको थियो ।
मलेसियाका लागि अनवर अरुद्दिनले सर्वाधिक ३४ रन बनाए । त्यसैगरी साफिक सारिफले २४, सुहारिल फेत्रीले २२ रन, इरफान जरवानी र काजियार हायातले समान १३र१३ रन बनाए ।
नेपालका लागि १० ओभर बलिङ गरेका सोमपाल कामीले नेपालका ४७ रन दिँदै ५ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले २, मेहबुब आमल, पारस खड्का र सागर पुनले समान १र१ विकेट लिए ।