
काठमाण्डु, १९ वैशाख – आईपिएल क्रिकेटका सवै खेल आजदेखि भारतमै हुने भएको छ ।
निर्वाचनका कारण युएईमा २० वटा खेल भएका थिए । आज २१ औ खेल भारतको राँचीमा सुरु हुने छ ।
नेपाली समय अनुसार राति सवा ८ बजेपछि सुरुहुने खेलमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । चेन्नाई महेन्द्र सिंह धोनीको कप्तानीमा हुँदा कोलकत्ता गौतम गम्भीरको नेतृत्वमा हुने छ ।
चेन्नई पाँच मध्य ४ वटा खेलमा विजयी हुदै ८ अंकका साथ दोस्रो स्थानमा छ भने २ खेलमा मात्रै विजयी भएको कोलकत्ता ४ अंक सहित चौथो स्थानमा छ ।
सवै ५ वटा खेल जितेको किंग्स इलाभेन पञ्जाब १० अंक सहित शीर्ष स्थानमा छ ।