
काठमाण्डु, १९ वैशाख –एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा अहिले नेपाल र मलेसियाबीच खेल भइरहेको छ ।
मलेसियाले टस जितेर पहिले व्याटिङ्ग गरेको छ । नेपालले बलिङ गरिरहेको छ । हिजोको खेलमा नेपालले यूएइलाई ४ विकेटले हराएको थियो । ८ ओभरको समाप्तिमा मलेसियाले ३ विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले ३ विकेट लिएका हुन् । मलेसियाले ३० रन जोडेको छ ।