
काठमाण्डु, १८ वैशाख एएफसी प्रेसिडेन्ड कप फुटबलको छनोट खेलमा नेपालको मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।
मंगोलियामा आज मनाङले कम्बोडियाको सेभेरिङ फुटबल क्लबलाई ६–३ ले पराजित गरेको हो ।
मनाङका लागि दिपक राईले २ गोल गरे भने अनिल गुरुङ, सहिद अजिज, सुलभ मास्के र निराजन मल्लले १–१ गोल गरे । जितसँगै नेपालको अर्को चरणमा जाने संभावना बलियो भएको छ । समूह सीमा नेपाल र कम्बोडियासँगै आयोजक मंगोलिया पनि रहेको छ ।
नेपालले अर्को खेल सोमबार इर्चिम क्लबसँग खेल्नेछ ।