
काठमाण्डु, १८ वैशाख -एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले यूएइलाई हराएको छ ।
यूएइबिरुद्धको खेलसँगै नेपालले बिजयी सुरुवात गरेको छ । यूएइविरुद्ध नेपालले ४ विकेटको जीत हात पार्यो । यूएइले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ६१ बल बाँकी हुँदै भेट्टायो ।
नेपालका लागि सुबास खकुरेलले सर्वाधिक ७१ रन जोड्न सफल भए । ज्ञानेन्द्र मल्ले ४७ , कप्तान पारस खड्काले ३०, सरद भेषवाकर १६ , मेहबुब आलम ५ , बिनोद भण्डरी ९ , बसन्त रेग्मी, ८ र नरेश बुढाऐरले २ रन जोडे ।
प्रतियोगितामा सोमपाल कामी र मेहबुब आलमले तीन तीन विकेट लिए भने शक्ति गौचनले २ र सागर पुनले १ विकेट हात पारे ।