प्रेसिडन्टकपमा मनाङले स्भाय रेइङको सामना गर्ने

काठमाण्डु टुडे २०७१ वैशाख १८ गते ३:२८ मा प्रकाशित

ManangMarshyangdiClubकाठमाण्डु, १८ वैशाख – एएफसी प्रेसिडेन्टकप फुटबल प्रतियोगिताका समूह चरणमा आज नेपाललको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले स्भाय रेइङविरुद्ध भिड्ने भएको छ ।

मंगोलियामा सुरुहुने प्रतियोगितामा नेपालले दोस्रो चरण प्रबेश गर्ने लक्ष्य लिएर सवै खेलमा मैदान उत्रन कप्तान सागर थापाले बताएका छन् ।

सवै देशका लिग विजेता विचको प्रतिस्पर्धामा उत्कृष्ट दुई टिम अन्तिम चरणमा पुग्ने छन् । मनाङले यसअघि सन् २००६ मा बैककमा सहभागि हुदा पहिलो चरणबाटै बाहिरिएको थियो ।

सर्वाधिक ४ पटक सहभागि भएको नेपाल पुलिस क्लब सन २००९ मा भने फाइनल सम्म पुगेको थियो । नेपाली समय अनुसार आजको खेल दिउँसो पौने तीन बजे देखि मंगोलियको कृत्रिम मैदानमा प्रतिस्पर्धा हुने छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us