आइपीएलमा राजस्थान रोयल्सको जीत

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते ३:२३ मा प्रकाशित

rajshatna-royalकाठमाण्डु, १७ वैशाख – आइपीएल क्रिकेटमा गएराती भएको खेलमा राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ ।

राजस्थानले कोलकाता नाइट राइडर्सलाई चौकाछक्का बढि प्रहार गरेका आधारमा हराएको हो । १ सय ५२ रनको लक्ष्य पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रननै बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।

सुपरओभरमा पनि दुवै टीमले ११÷११ रन नै बनाए । राजस्थानले १८ वटा चौका छक्का प्रहार गरेको थियो भने कोलकाताले १३ वटा मात्र बाउण्ड्री प्रहार गर्न सकेको थियो ।

पहिले ब्याटिङ्ग गरेको राजस्थानले अजिन्या रहानेको ७२ तथा कप्तान शेन वाटसनको ३३ रनको मदतमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियोे । जवाफी ब्याटिङ्ग गरेको कोलकाताले गौतम गाम्भिरको ४५ र सकिब अल हसनको नटआउट २९ रन मद्दतमा ८ विकेट गुमाएर १ सय ५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ्ग गरेको कोलकाताले ११ रन बनायो । जितका लागि १२ रन आवश्यक भएपनि राजस्थानले पनि ११ रनमात्र बनाएपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि खेलको निर्णय चौका छक्काका आधारमा गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us