रियल म्याड्रिड च्याम्पियन्स लिग फूटबलको फाईनलमा

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते २:२५ मा प्रकाशित

realकाठमाण्डू  १७  वैशाख – स्पेनिश महारथी रियल म्याड्रिड च्याम्पियन्स लिग फूटबलको फाईनलमा प्रवेश गरेको छ ।

साविक विजेता जर्मन बायर्न म्यूनिखलाई साेमवार राति हराउँदै नौ पटकको विजेता रियल फाईनल प्रवेश गरेको हो ।

दोस्रो लेगमा रियलले बायर्नलाई उसकै घरेलु मैदानमा ४–शून्यले पराजित ग¥यो । आफ्नो घरेलु मैदान बेर्नबाउमा बायर्नलाई एक शून्यले हराएको रियलले अवेमा चार गोल ठोक्यो र समग्रमा ५–शून्यले विजयी भयो ।

बायर्न फूटबल प्रेमीको अपेक्षा विपरित आफ्नै घरेलु मैदानमा चार शून्यले पराजित भयो । १६ औं मिनेटमा सर्जियो रामोशको गोलमा अग्रता लिएको रियलले पहिलो हाफमा तीन र दोस्रो हाफको अन्तिममा एक गोल ग¥यो ।

उसका लागि सर्जियो रामोश र क्रिस्टियानो रोनाल्डोले २ – २ गोल गरे । रियल १२ वर्ष पछि च्याम्पियन्स लिग फूटबलको फाईनलमा पुगेको हो । रियलले अब फाईनलमा स्पेनिश क्लब एटलेटिको म्याड्रिड वा ईङ्लिस क्लब चेल्सीसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us