
काठमाण्डु, १६ वैशाख – नेपाली क्रिकेट राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई क्यानले ३ महिनाका लागि मात्रै करार थपेको छ । क्यानले एक वर्ष थप्ने निर्णय गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगल डकुमेन्टहरु लगेको भन्दै क्यानले ३ महिनामा मात्र थपेको हो । दासानायके समय ३ महिना मात्र थपिएको भन्दै खेलाडीहरु छक्क परेका छन् । पुबुदु मासिक ५ हजार अमेरिकी डलरमा ६ महिनाको सम्झौता गर्दै सन २०११ मा नेपाल आएका थिए । उनको अघिल्लो करार चैत १७ गते सकिएको थियो ।