नेपाली क्रिकेट टिम आज मलेसिया जाँदै

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ४:५१ मा प्रकाशित

criket teamकाठमाण्डु, १६ वैशाख – नेपाली टिम मलेसिया जाँदै नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाने भएको छ ।

एसीसी प्रिमियर लिगिमा सहभागिता जनाउन जाने नेपाली टिमको नेतृत्व नियमति कप्तान पारस खड्काले गर्नेछन् ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले एसियाका टेस्ट मान्यता नपाएकमा शीर्ष बरियतामा रहेका टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतियोगितामा नेपाल सहित ६ वटा टिमले सहभागिता जनाउने छन् । नेपाल र आयोजक मलेसिया सहित हङकङ, अफागानिस्तान, ओमानर युएई सहभागि हुने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us