
काठमाण्डु, १४ वैशाख – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाली सिमर बसन्त रेग्मीको बलिङ शैलीमाथि प्रश्न उठाएको छ ।
आइसिसीले वसन्तको बलिङ शैलीमाथि शंका गर्दै नेपाल क्रिकेट संघ क्यानलाई समेत पत्र पठाएको छ ।
आइसिसीले गत माघमा न्युजिल्याण्डमा भएको एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा वसन्तको बलिङ शैली शंकास्पद पाइएको भन्दै पत्र पठाएको छ ।
वसन्तले बलिङ गर्दा ‘क्विकर’मा समस्या देखिएको र शरीर पूर्ण रुपमा ‘स्ट्रेच’ नगरिएको आइसिसीले जनाएको छ ।
आइसिसीले सो प्रतियोगितामा वसन्तले बलिङ गरेको फोटो र फुटेजसहित क्यानमा पठाएको छ ।
क्यान सदस्य करिण राणाले आइसिसीले वसन्तको बलिङ शैलीमाथि प्रश्न गर्दै पत्र पठाएको पुष्टि गरे । उनका अनुसार बसन्तले एक्सन सुधार्ने बाचा गर्दै क्यानले आइसिसीलाई पत्र समेत पठाइसकेको क्यानले जनाएको छ ।