
काठमाण्डु, १२ वैशाख – सरकारले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैया सहित सम्मान गर्ने भएको छ । सिहरदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय टिमका खेलाडीहरुलाई जनही पाँच – पाँच लाख रुपैया सहित सम्मान गर्ने निर्णय गरेको हो ।
व्यबस्थापक र प्रशिक्षकलाई पनि पाँच पाँच लाख रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिए । टी ट्वान्टी बिश्वकप क्रिकेटमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको भन्दै सरकारले नगद सहित सम्मान गर्न लागेको हो ।