
काठमाण्डु, ८ वैशाख – अनिल गुरुङ एनसेल फुटबल प्लेयर अफदी एयर घोषित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरी उनलाई एनसेल फुटबल प्लेयर अफदी एयर घोषित गरीएको हो ।
राष्ट्रिय टोलीका मिडमिल्डर अनिलले उपहार स्वरुप कार पाएका छन् । उनलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कारको साचो हस्तान्तरण गरेका थिए । एनसेल फुटबल प्लेयर अफदी एयर घोषितसँगै आफू निकै खुसी भएको उनले प्रतिक्रिया दिएका छन् ।