बिमल घर्तिमगरको गोल, एन्डरलेच्ट अन्तिम ४ मा

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १०:२५ मा प्रकाशित

Bimal-Ghartimagarकाठमाण्डु, ७ वैशाख –  नेपाली खेलाडी बिमल घर्तिमगरले गोल गरेपछि एन्डरलेच्ट क्लव अण्डर सेभेन्टिन फ्युचर कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा बिमल सहभागि भएको बेल्जियमको टीम एन्डरलेच्टले फिनरबाचेलाई दुई शुन्यले पराजित गरेको हो ।

२ मध्ये एक गोल बिमलले गरेका थिए । उनले खेलमा देखाएको प्रर्दशनले एन्डरलेच्टका सबै खेलाडी तथा पदाधिकारीले प्रशंशा गरेका छन् ।

विमल ट्रायलका लागि बेल्जियम पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us