आइपिएलमा राजस्थान रोयल्सको जित

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते २:२१ मा प्रकाशित

rajsthanकाठमाण्डु, ६ वैशाख –इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति राजस्थान रोयल्सले सनराईजर्स हैदराबादलाई ४ विकेटले हराएको छ ।

अबुधाबीको शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ३४ रनको लक्ष्य राजस्थानले तीन बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।

राजस्थानको जितमा अजिन्क्या रहानेले ५९ र स्टुआर्ट बिन्नीले नटआउट ४८ रनको योगदान गरे । पहिले ब्याटिङ्ग गरेको हैदराबादले पुरै ओभर खेलेर ६ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।

हैदराबादका शिखर धवनले सर्वाधीक ३८ र डेभिड वार्नरले ३२ रन बनाए । यसअघि हिजो बेलुका सकिएको अर्को खेलमा किंग्स ईलेभेन पन्जाबले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हरायो । चेन्नईले दिएको २ सय ६ रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

छैठौं ओभरमा ५२ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा परेपनि चौथो विकेटका लागि ग्लेन म्याक्सवेल र डेभिड मिलरले १ सय १५ रनको साझेदारी गरेपछि पन्जाबले हित हात पारेको हो । म्याक्सवेलले सर्वाधिक ९५ र डेभिड मिलरले नटआउट ५४ रन बनाए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us