
काठमाण्डु, ३ बैशाख –स्पेनिश कोपा डेल रे फूटबलको उपाधि रियल म्याड्रिडले जितेको छ ।
गएराति भएको खेलमा चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ ले हराउँदै रियलले उपाधि जितेको हो । उसको जितमा गाराथ बेलले खेल सकिनु ५ मिनेट अघि निर्णायक गोल गरे ।
एघारौ मिनेटमा डि मारियाले गोल गरेपछि एक शून्यले पछि परेको बार्साले ६८ औं मिनेटमा मार्क बारत्राको गोलमा बराबरी गरेपनि गाराथ बेललाई रोक्न सकेन र५ औं मिनेटमा गोल खायो ।
बार्साले पछिल्लो पटक खराब प्रदर्शन गर्दै आएको छ । उसले दुई हप्ता भित्र च्याम्पियन्स लिग फूटबलमा एटलेटिको म्याड्रिड र स्पेनिश ला लीगामा ग्रानाडासँग पराजित भएको थियो ।
यस्तै ईङ्लिस प्रिमियर लिग जित्ने म्यानचेस्टर सिटीको यात्रामा धक्का लागेको छ ।
गएराति सिटी पुछारमा रहेको सण्डरल्याण्डसँग २–२ को बराबरी खेल्यो । दोस्रो मिनेटमै गोल गरेर अग्रता लिएपनि दुई गोल खाएर पछि परेको म्यानचेस्टर सिटीले ८ औं मिनेटमा बराबरी गरेर हारबाट जोगियो ।
सिटीको ३३ खेलपछि ७१ अंक भएको छ र उ एक खेल कम खेलेको लिभरपुल भन्दा ६ अंकले पछि छ । गएराति एभर्टनलाई क्रिस्टल प्यालेसले २ का विरुद्ध तीन गोलले हरायो ।