क्रिकेट खेलाडी र क्यानबीच सहमति, आन्दोलन फिर्ता लिने

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते १:५३ मा प्रकाशित

can bartaकाठमाण्डु, ४ बैशाख – आन्दोलनमा उत्रिएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीर नेपाली क्रिकेट संघ क्यानबीच छुट्टै योजना तथा अनुगमन समिति निर्माण गर्ने सहमति भएको छ ।

प्रस्तावमा सहमति भएपछि खेलाडीहरुले ६ दिनेदेखि जारी आन्दोलन फिर्ता लिएका छन् ।

बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाको समन्वयमा भएको वार्तामा खेलाडीहरुले योजना तथा अनुगमन समिति निर्माणको प्रस्ताव स्वीकार गर्दै आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

लामाले भने‘ खेलाडीहरुले यो सहमति सँगै आन्दोलन फिर्ता लिने छन् । ’समिति लामाको संयोजकत्वमा रहनेछ ।

त्यसमा क्यान र खेलकुद मन्त्रालयका एक एक प्रतिनिधिसहित प्रशिक्षक पुवुदु दसानायेके र कप्तान पारस खड्का रहनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us