साठी किलो चाँदीसहित दुई युवक पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १२:०१ मा प्रकाशित

वीरगन्ज(पर्सा), ३ वैशाख – पर्सा प्रहरीले अवैध भएको आशङ्कामा ६० किलो चाँदीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने एकजना भारतीय हुन् ।

नियमित जाँचको क्रममा नेपाल–भारत सीमावर्ती नाका इनर्वाबाट बुधबार बिहान उक्त परिमाणको चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

ना.२६ प. १४७१ नम्बरको मोटरसाइलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बरामद चाँदीको बजार मूल्य करिब रु ७० लाख बराबरको भएको राजस्व अधिकारीहरुले बताएका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय शत्रुघन साह सोनार र पर्साको रामगढवा गाविस–३ का ३८ वर्षीय विनोदकुमार सर्राफ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us