एसिसी प्रिमियर लिगमा नेपालले युएईको सामना गर्ने

काठमाण्डु टुडे २०७० चैत २५ गते ३:२८ मा प्रकाशित

criket teamकाठमाण्डु, २५ चैत –आगामी मे १ देखि ७ सम्म हुने एसिसी प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा नेपालले यूएईको सामना गर्ने भएको छ ।

मलेसियाको क्वालालाम्पुरमा हुने प्रतियोगिताको पहिलो दिन नेपालले यूएईसँग खेल्ने भएको हो । एसियाली क्रिकेट काउन्सिलले टेष्ट मान्यता नपाएका शीर्ष वरियताका टिमबीच पहिलो पटक एसिसी प्रिमियर लिग खेलाउन लागेको हो ।

५० ओभरको प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, मलेसिया, हङकङ, ओमान र यूएई छन् । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ ।

नेपालले मलेसिया, ओमान, हङकङविरुद्ध खेल्नेछ ।

ट्वान्टी–ट्वान्टी विश्वकपको समूह चरणमा राम्रो प्रदर्शन गरेको नेपालले ५० ओभरमा पनि आफूलाई प्रमाणित गर्नु पर्नेछ । एक दिवसीय विश्वकपको छनोट खेलमा भने नेपालले बिर्सनलायक प्रदर्शन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us