गोलरक्षक रितेशले पाए अपार्टमेन्ट

काठमाण्डु टुडे २०७० चैत २४ गते १३:४५ मा प्रकाशित

Ritesh-thapaकाठमाण्डु, २४ चैत – अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका गोल किपर रितेश थापालाई अपार्टमेन्ट प्रदान गरेको छ ।

राष्ट्रिय टिममा डेब्यु गरेको झण्डै एक दशक पछि उनले खेल जीवनकै सबैभन्दा ठूलो पुरस्कार पाएका हुन् ।

ललितपुरको हात्तीवनस्थित मेरो सिटी मपार्टमेन्टको दुई बेडरुम सहितको अपार्टमेन्टको डमी सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदान गरे ।

थापाले सन २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । यसअघि पूर्व कप्तान राकेश श्रेष्ठ र राष्ट्रिय टोलीका वर्तमान कप्तान सागर थापाले अपार्टमेन्ट पाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us