त्रिहत्तर साल वैशाखमा मेलम्ची आउने दावी

काठमाण्डु टुडे २०७० चैत २४ गते ११:०५ मा प्रकाशित

Melamchiकाठमाण्डु, २४ चैत – एसियाली विकास बैंकले मेलम्ची खानेपानी आपूर्ति आयोजना कार्यान्वनका लागि करिब दुई अर्ब ४२ करोड ८५ लाख थप ऋण उपलब्ध गराउन सहमत भएको छ । 

आयोजनाको सुरुङ निर्माण र संस्थागत सुधारमा खर्च गरिने उक्त सहायता आगामी आठ वर्षपछि ०.७५ प्रतिशतको ब्याजदरमा उपलब्ध गराइएको अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाले जनाएको छ ।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा महाशाखाका सहसचिव मधुकुमार मरासिनी र बैंकका निर्देशक किनिची योकोयामाले सहमतिपत्रमा हस्तक्षर गरे ।

सहसचिव मरासिनीले विसं २०७३ को वैशाखसम्ममा काठमाण्डु उपत्यकाका जनताले मेलम्चीको पानी पिउन पाउने दावी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us