नयाँ वर्षमा माउन्टेन वाइक दौड प्रतियोगिता

काठमाण्डु टुडे २०७० चैत २४ गते १०:०१ मा प्रकाशित

पोखरा, २४ चैत – कास्की जिल्लाको उत्तरी भेगमा अवस्थित सार्दिखोला गाविसमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले नयाँ वर्ष २०७१ का अवसरमा ‘तेस्रो खुला सार्दिखोला तातोपानी माउन्टेन बाइक दौड प्रतियोगिता’ आयोजना हुने भएको छ ।

‘सार्दिखोला जाऔं, नयाँ वर्ष मनाऔैँ, आन्तरिक पर्यटनलाई टेवा पु¥याऔँ’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म सो कार्यक्रम आयोजना गर्न लागिएको स्थानीय ग्रीनफोर्स युवा समूहले जनाएको छ ।

भलिबल र लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट तथा प्रत्येक दिन विभिन्न जातजाति तथा वेशभूषाका सांस्कृतिक कार्यक्रम मेलाका अन्य आर्कषण हुनेछन् ।

स्थानीयस्तरमा उत्पादित कृषिजन्य तथा रेन्बो ट्राउट माछाको बिक्री तथा प्रबद्र्घन गर्ने उद्देश्य मेलाको रहेको समूहका सचिव गणेश आचार्यले बताए ।

माउन्टेन बाइक दौडमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु पाँच हजार र दौड पूरा गर्नेलाई प्रोत्साहनस्वरुप पाँच सय पुरस्कार दिइने बताइएको छ । त्यसैगरी भलिबलमा प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई २० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us