भारतलाई हराउँदै श्रीलंकाले जित्यो विश्वकप क्रिकेटको उपाधि

काठमाण्डु टुडे २०७० चैत २३ गते १७:३८ मा प्रकाशित

cirkfinalकाठमाण्डु, २३ चैत – ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि श्रीलंकाले जितेको छ । बंगलादेशमा भएको प्रतियोगिताको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै श्रीलंकाले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको १ सय ३१ रनको लक्ष्य श्रीलंकाले १७ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो ।

उसका लागि कुमार सांगाकाराले नटआउट ५२ रन बनाए । यस्तै थिसरा परेराले नटआउट २१ माहेला जयवद्र्धनेले २४ र तिलकरत्ने दिलशानले १८ रनको योगदान गरे । बलिङतर्फ भारतका सुरेश रैना, अमित मिश्रा, रविचन्द्रन आश्विन र मोहित शर्माले समान एक/एक विकेट लिए ।

पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो ।

उसका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै रोहित शर्माले २९ र युवराज सिंहले ११ रन बनाए । बलिङतर्फ श्रीलंकाका नुवान कुलाशेकारा, एंगेलो म्याथ्युज र रंगना हेराथले एक/एक विकेट लिए ।

यो विश्वकपसँगै श्रीलंकाका दुई ब्याट्सम्यान माहेला जयवद्र्धने र कुमार सांगाकाराले भने ट्वान्टी ट्वान्टी क्रिकेटबाट सन्यास लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us