जनता बैंक स्थापनाको पाँचौं वर्षमा, निक्षेप ग्राहकलाई तीन स्किम
काठमाण्डु टुडे
२०७० चैत २३ गते १०:३० मा प्रकाशित
काठमाण्डु, २३ चैत–जनता बैंक नेपाल स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । पाँचौं वर्ष प्रवेशका अवसरमा बैंकले आफ्ना ग्राहकका लागि तीन नयाँ खाताको सुरुवात गरेको छ ।

बैंकले जनता सरल बचत, जनता रेमिट बचत र जनता प्रिमियम प्लसका तीन योजना सार्वजनिक गरेको हो । जनता सरल बचत खाता एक हजार रुपैयाँ खोल्न सकिन्छ । यसमा वार्षिक पाँच प्रतिशत व्याज प्राप्त हुन्छ ।
जनता रेमिट खाता भने शुन्य व्याजमा खोल्न सकिने बैंकले जानकारी दिएको छ । यस खातामा निक्षेपकर्तालाई वार्षिक पाँच प्रतिशत व्याज दिइनेछ । त्यसैगरी जनता प्रिमियम कल खाताका निक्षेपकर्तालाई निक्षेप मौज्दातको आधारमा सात प्रतिशतसम्म व्याज दिइने बैंकले जानकारी दिएको छ ।
पाँच वर्ष अघि स्थापना भएको बैंकका अहिले २३ एटिएम र २८ शाखा छन् । बैंकले चैत २१ सम्म १५ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी १४ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंकसँग ८७ हजार ८८८ ग्राहक रहेको बैंकले जानकारी दिएको छ ।
पाँच वर्ष प्रवेशकै अवसरमा बैंकले शनिवार बाग्मती नदी सफाई अभियानमा सहभागी भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र १७६ जना कर्मचारी अभियानमा सहभागी भएको बैंकले जारी प्रेस विज्ञप्तिमा छ । नेपाल सरकारका मुख्य सचिवसमेतको उपस्थितिमा शनिवार नारायणटार, जोरपाटीपुलदेखि गोठाटार पुलसम्म बाग्मती नदी सफाई गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भट्टराईले कार्यक्रमको महत्व माथि प्रकाश पार्दे मुख्य सचिवले प्रत्येक संस्थाको वार्षिक उत्सवकोअवसर माबाग्मती सफाई अभियानमा संस्थागत सहभागिताका लागि गर्नु भएको आव्हान अनुरुप सहभागी भएको बताए ।
बाग्मती सभ्यताका लागि बाग्मती सफाईको महत्व र गरिमालाई ध्यान दिई सफाई अभियानमा जनता बैंक सहभागी भएको र सम्भव भएसम्म सहभागीतालाई निरन्तरता दिने पनि भट्टराईले प्रतिवद्धता जनाए ।