
काठमाण्डु, २२ चैत – पाँचौ संस्करणको आइसिसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपाधिको छिनोफानो आइतवार ढाकामा हुनेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार भएको सेमिफाइनलमा पूर्व बिजेता भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै श्रींलकासँग फाइनलको भेट पक्का गरेको हो ।
ट्वान्टी ट्वान्टी विश्वकपमा श्रीलंकाको यो तेस्रो फाइनल तथा भारतको दोस्रो हो ।
सन् २००७पछि भारत पहिलोपटक अन्तिम दुईमा प्रवेश गरेको हो ।
श्रीलंका भने दोस्रो संस्करणको फाइनलमा पाकिस्तान र चौथो संस्करणको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो ।