
काठमाण्डु, २१ चैत –बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै छन् ।
साँझ पौने सता बजेपछि ढाकामा हुने खेलमा पूर्व बिजेता भारत फेरि पनि उपाधी नजिक पुग्ने प्रयासमा हुने छ भने दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुग्न चाहन्छ ।
आजको खेलको विजेताले उपाधिका लागि आइतबार श्रृलंकासंग भिड्ने छ ।
यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा वेस्टइन्डिजलाई पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान बनाइसकेको छ ।