कपिलवस्तुमा क्रिकेटरलाई भव्य अभिनन्दन गरिदै

काठमाण्डु टुडे २०७० चैत २० गते ३:४० मा प्रकाशित

criket teamकपिलवस्तु, २० चैत – ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली क्रिकेट टीमका खेलाडीहरुलाई आज कपिलवस्तुमा अभिनन्दन गरिदैं छ ।
सदरमुकाम तौलिहवा दिउँसो अभिनन्दन गरिने भएको हो ।

अभिनन्दन कार्यक्रममा नेपाली क्रिकेट टिमका सागर पुन, शक्ति गौचन, बसन्त रेग्मी, अमृत भट्राई र राहुल विकको सहभागिता रहने नागरिक अभिनन्दन मूल समारोहका संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।
खेलाडीहरुलाई सदरमुकाम तौलिहवा प्रवेश द्धार जमुवार पुल देखि बाजागाजा सहित रथयात्रा गरेर भगवान गौतम बुद्धको प्राचीन राजदरवार तिलौराकोटमा पु¥याई शान्ति दिप र शान्तिको प्रतिक परेवा उडाउने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us