
काठमाण्डु, १९ चैत – युएईको चर्चित पत्रिका ‘द नेशनल’ले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई आईपीएल खेल्नका लागि योग्य खेलाडीको रुपमा चित्रित गरेको छ ।
ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेको नेपाली टिमका कप्तान पारस खड्का आईपीएलका लागि योग्य रहेको उसको ठहर छ ।
पारससँगै अफगानिस्तानका महमद शहजाद, आयरल्याण्डका पाउल स्ट्रलिङ, नेदरल्याण्ड्सका स्टेफन माइब्रह र हङकङका इरफान अहमदको नाम पनि उसको सूचीमा छ ।
यदि आईपिएल फेन्चाइजीहरुले टेष्ट नखेल्ने राष्ट्रहरुबाट पनि खेलाडी लिन चाह्यो भने, यी खेलाडीहरु योग्य रहेको उसले लेखेको छ ।
नेपालले बंगलादेशमा अफगानिस्तान र हङकङलाई पराजित गरेको तथा, बंगलादेशविरुद्ध पनि सम्मानजनक खेलेको भन्दै पत्रिकाले पारस खड्का त्यसको केन्द्रीय पात्र भएको उल्लेख छ ।
स्मरण रहोस्, ‘यस सिजनको आईपीएलको पहिलो चरणका केही खेल युएईमा हुँदैछन् ।’