
काठमाण्डु, १९ चैत –क्रिसमार सान्टोकी, सामुएल बद्री, र सुनील नारिनेको घातक बलिङ्ग सामाना गर्न नसक्दा मंगलवार आइसिसी टी –२० विश्वकप क्रिकेट प्रतियोगिता सुपर टेनअन्तर्गत समूह दुईमा पाकिस्तान वेस्टइन्डिजसँग ८४ रनको भारी अन्तरले पराजित भएको छ ।
जितसँगै साविक बिजेता वेस्टइन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ ।
वेस्टइन्डिज र पाकिस्तानबीचको खेलसँगै सुपरटेनका सवै खेल सकिएका छन् ।
अव फाइनल प्रवेशका लागि भारतले समूह ए को उपबिजेता दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।
वेस्टइन्डिजले समूह एकको बिजेता श्रीलंकाविरुद्ध खेल्नेछ ।
मिरपुरमा पहिलो व्याटिङ्ग गर्दै वेस्टइन्डिजले निर्धारित वीस ओभरमा ६ विकेट गुमाएर १६६को योगफल खडा गरेको थियो । प्रत्युत्तरमा मैदानमा उत्रिएको पाकिस्तान १७.५ ओभरमा ८२ रनमा समेटियो ।