युरोपियन क्लबमा ट्रायल दिन बिमल व्रसेल्स प्रस्थान

काठमाण्डु टुडे २०७० चैत १८ गते ११:३३ मा प्रकाशित

Bimal-Ghartiकाठमाण्डु, १८ चैत । नेपाली फुटबल टिमका युवा स्ट्राईकर बिमल घर्ती मगर युरोपियन क्लवमा ट्रायल दिन व्रसेल्स प्रस्थान गरेका छन् ।

एसएलसी परीक्षा सकिएसँगै उनी बेल्जियमको एन्डरलेच क्लबमा ट्रायल दिन त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई एन्फा अध्यक्ष गणेश थापासहितका पदाधिकारीले विदाई गरे ।

उनी करिब दुई महिना त्यहाँ रहने बताइएको छ । त्यहाँ रहँदा उनले दुई साताको बन्द प्रशिक्षणसँगै सो क्लबबाट यु–१७ फ्युचर कपमा सहभागिता जनाउने छन् ।

सो प्रतियोगितामा ईंग्लिस क्लब लिभरपुल, सेल्टिक, इटालियन एसी मिलान लगायतका क्लबले सहभागिता जनाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us