
काठमाण्डु, १८ चैत –टि ट्वान्टी क्रिकेट बंगलादेशमा जारी आइसीसी टि ट्वाटी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत समुह २ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
प्रतियोगिता अन्तरगत आज साँझ हुने पाकिस्तान र वेस्ट इन्डिजबिचको खेलबाट अन्तिम चारमा पुग्ने अन्तिम टिमको टुंगो लाग्ने भएको हो ।
सेमिफाइनलमा पुग्नका लागि आजको खेलमा दुबै टिमलाई जित आवश्यक छ । समान ४ अंक भएपनि रनरेटका आधारमा अगाडि रहेको वेस्टइन्डिजलाई आजको जित पर्याप्त छ ।
पाकिस्तानले भने वेस्ट इन्डिजलाई हराएरमात्र पुग्दैन, रनरेट पनि सुधार्नु आवश्यक छ ।
समुह २ बाट भारत विजेता बन्दै सेमिफाइन पुगीसकेको छ । यस्तै आजै हुने पहिलो खेलमा अस्ट्रेलिया बंगलादेश र अस्ट्रेलिय भिड्दैछन् ।
अघिल्लो चरणमा प्रवेशको संभावना सकिएका यि दुबै टिमका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । आजको खेलमा दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
खेल दिउसो सवा ३ बजेपछि सुरु हुनेछ ।