
काठमाण्डु, १५ चैत –भारत ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिम बनेको छ ।
बंगलादेशमा जारी प्रतियोगितामा भारतले आयोजक बंगलादेशलाई आठ विकेटले पराजित गर्दै समूह दुईबाट अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
सन् २००७ पछि भारत पहिलोपटक अन्तिम चारमा प्रवेश गरेको हो ।
भारतले तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको छ ।
तीनै खेलबाट वेस्टइन्डिज चार अंकका साथ दोस्रो स्थानमा छ । रनरेटमा भारत वेस्टइन्डिज भन्दा पछि छ ।
दुई खेलबाट दुई अंक जोडेको पाकिस्तान तेस्रो स्थानमा छ । आयोजक बंगलादेश र अस्ट्रेलियाले खाता खोलेका छैनन् ।