
काठमाण्डु, १४ चैत– बंगलादेशमा जारी टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको राष्ट्रिय क्रिकेट टोलीलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ ।
सशस्त्र मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले खेलाडीलाई जनही एक जोर सम्मान ट्रयाकसुट प्रदान गरे ।
वन्तले नेपाली क्रिकेट टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै सफलताले आमनेपालीले गौरवको अनुभूति गरेको बताए । उनले क्रिकेट खेल र खेलाडीको विकासका लागि सशस्त्र प्रहरी र आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बंगलादेशमा चैत २ गतेदेखि जारी टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणमा तीन खेल खेलेको नेपालले दुईमा जित तथा एक खेलमा हार बेहोरेको थियो ।