विश्वकपमा श्रीलंका र इंग्याल्याण्ड भिड्ने

काठमाण्डु टुडे २०७० चैत १३ गते ५:०८ मा प्रकाशित

ICC-World-Twenty20-Trophy-2014-Logo1काठमाण्डु, १३ चैत –विश्वकप क्रिकेट बंगलादेशमा जारी आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेटक प्रतियोगितामा आज श्रीलंकाविरुद्ध इंग्ल्यान्ड र दक्षिणअफ्रिकाविरुद्ध नेदरल्यान्ड भिड्दैछन् ।

चटगाउँ रङगशालामा साँझ सवा सात बजेदेखि इंग्ल्यान्डविरुद्धको खेलमा श्रीलंका स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छ ।

यसअघिका दुइ खेल जीतिसकेको श्रीलंका आजको खेलमा पनि उच्च मनोबलका साथ मैदानमा उत्रदैछ ।

श्रीलंकाका लागि अब बाँकी रहेका दुइ मध्ये एकमा जित भए सेमिफाइनल पुग्ने संभावना बलियो हुनेछ ।

यस्तै दक्षिण अफ्रिका र नेदरल्यान्डबिचको खेल भने दिउसो सवा ३ बजेबाट चटगाउँमै सुरु हुनेछ ।

न्युजिल्यान्डमाथि २ रनको रोमाञ्चक जित हात परोर हौसिएको दक्षिण अफ्रिकी टोलीलाई पनि अघिल्लो चरण प्रवेशको संभावना बलियो बनाउनका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us