फोहोरलाई मोहर बनाउने अभियान

काठमाण्डु टुडे २०७० चैत १२ गते ४:११ मा प्रकाशित

बुटवल, १२ चैत–घरबाट दैनिक निस्कने फोहोरलाई व्यवस्थापन गरी आयआर्जनको माध्यम बनाउन बुटवल नगरपालिकाले नगर क्षेत्रमा फोहर व्यवस्थापनसागै आयआर्जन योजना सुरु गरेको छ ।
नगरपालिकाको मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजनाअन्तर्गत फोहरबाट मोहर प्राप्त गर्ने योजनाका साथ यस्तो योजना अगाडि सारेको हो । मझौला सहर एकीकृत सहरी वातावरण सुधार आयोजनाअन्तर्गत नगरपालिकाले केही दिनदेखि बुटवल नगरवासीलाई कम्पोस्ट विन बााडेर नयाँ योजना सुरु गरेको हो ।
नगरपालिकाले वितरण गरेका ती विनमा घरमा कुहिने खालका घरायसी फोहोरलाई राख्दै जाने र उक्त भाँडा भरिंदै जाँदा सुरुमा राखिएको फोहोर कम्पोस्ट मलका रुपमा तयार हुने भएकाले घरायसी प्रयोजनका लागि कम्पोस्ट मल प्रयोग सकिने जनाएको छ ।
बुटवलमा फोहोरको उत्पादन बढ्दै गएको र त्यसमा घरायसी फोहोर पनि धेरै नै हुने भएकाले यसलाई फरक ढङ्गले व्यवस्थापन गर्नका लागि नगरपालिकाले नयाँ योजना ल्याइएको नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए ।
उनका अनुसार बुटवलमा अहिले यस्तो कम्पोस्ट विन ९०० वटा वितरण हुँदैछ । ५० थान नगरपालिकाका कर्मचारीलाई नमुनाका रुपमा वितरण गरिएको र बाँकी रहेको टोल विकास समिति र नगरवासीलाई वितरण गरिने छ । पहिलो चरणमा ९०० मात्रै कम्पोस्ट विन विारण गरिने भएकाले सबै नगरवासीलाई नपुग्ने बताउँदै यसको प्रभावकारिताको आधारमा बढाउँदै लैजाने नगरपालिकाले जनाएको छ ।

फोहोरको वैकल्पिक व्यवस्थापन गर्ने उद्देश्यले यो अभियान चलाइएको बताउादै वरिष्ठ अधिकृत लुइाटेलले थप ९०० बााड्ने योजना रहेको बताए ।  घरको कुनामा राख्न सकिने उक्त भाँडोको सही सदुपयोग भए/नभएको बारेमा नगरपालिकाले अनुगमनसमेत गर्नेछ । फोहोर कम उत्पादन गर्ने र उत्पादित फोहोरलाई कम्पोस्ट मल बनाउने, प्रयोग नगरेमा फिर्ता गर्नुपर्ने सर्तमा नगरपालिकाले प्रतिपरिवार एक थान भाँडो उपलब्ध गराउने गरेको छ ।
बुटवलमा नमुनाका रुपमा यो अभियान सुरु गरिएको हो । तर योभन्दा अगाडि करिब तीन वर्षअघि पनि सीमित ठाउामा कम्पोस्ट विन बाँडिएको थियो । प्रयोग गर्न जाने यसले घरकै फोहोरलाई कम्पोस्ट मल बनाएर घरकै छत र बरन्डामा पनि तरकारी फलाउन सकिने तथा उत्पादन भएको मल बिक्री गर्न सकिन्छ । बुटवलमा दिनप्रतिदिन मानिसहरुको जनघनत्व बढ्दै गइरहेको अवस्थामा स्थायी ल्यान्डफिल साइड नहुँदा फोहोर व्यवस्थापनसमेत जटिल बन्दै गइरहेको छ ।
नगरवासीले समेत घरको फोहोर व्यवस्थापनसँगै कम्पोस्ट मलसमेत बनाउन मिल्ने भएपछि कम्पोस्ट विन लाभदायी हुने बताएका छन् । बुटवल नगरपालिका परिसरमा कम्पोस्ट लिएका बुटवल १३ देवीनगरका सन्तोष श्रेष्ठले घरको फोहोर व्यवस्थापन गर्न सजिलो हुने भएकाले भाँडो लिएको बताए । ‘घरको फोहोर कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ उनले भने, ‘यो भाँडोमा राख्दा मल पनि हुने फोहोर व्यवस्थापन पनि हुने ।’

उनले मात्र होइन धेरैले घरको फोहोर व्यवस्थापन गर्न पाइने भएपछि सजिलो हुने प्रतिक्रिया दिएका छन् । तर कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने कुरामा भने नगरपालिका पनि विश्वस्त छैन । ‘अहिले पनि हामीले प्रयोग गर्नेलाई मात्रै यो भाँडो बाँडेका छौं’, लुइँटेलले भने, ‘अनुगमन गर्दा प्रयोग नगरेमा विन नै फिर्ता ल्याउँछौं ।’

बुटवल नगरपालिकामा हाल दैनिक ४५ टन फोहोर उत्पादन हुन्छ । पछिल्लो तथ्याङ्कअनुसार जैविक फोहोर ६४ प्रतिशत, पुन: प्रयोग गर्न सकिने २८ र काम नलाग्ने आठ प्रतिशत मात्र छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us